मतदाता नामावली ऐन संशोधन गर्न राष्ट्रपतिद्धारा अध्यादेश जारी

२०८२ आश्विन ८, बुधबार १४:४० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन ०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने समय थप्नका लागि आज अध्यादेश जारी भएको हो। अब आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि समय तोक्नेछ।

जेनजी आन्दोलनपछि तत्कालीन ओलि सरकार ढलेपछि पुर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकार बनिसकेको छ।

प्रधानमन्त्री कार्कीको वर्तमान सरकारले फागुन २१ गते निर्वाचन गराउनुपर्ने कार्यभार छ।

निर्वाचन तोकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ने व्यवस्था थियो त्यसैले अध्यादेश ल्याएर उक्त कानुन संशोधन गरिएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार