सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको म्याद असोज मसान्तसम्म थपियो

२०८२ आश्विन ६, सोमबार १६:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको समयावधि एक महिनाले बढाएको छ। यसअघि भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकामा अब असोज मसान्तसम्म नवीकरण गर्न सकिने भएको छ।
सरकारले सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ मार्फत यो व्यवस्था ल्याएको हो। संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार, “सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ को उपनियम (१) मा रहेका ‘भदौ मसान्तभित्र’ भन्ने शब्दहरूको सट्टा ‘असोज मसान्तभित्र’ भन्ने शब्दहरू राखिएका छन्।”
यो निर्णयले सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न बाँकी रहेका नागरिकहरूलाई थप समय मिलेको छ, जसले गर्दा उनीहरूले सहजताका साथ आफ्नो परिचयपत्र नवीकरण गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार