सानिमा बैंकको १ अर्ब ७ लाख बढीको नगद लाभांश घोषणा

२०८२ आश्विन ५, आईतवार १३:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ७.३६८५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चित नाफाबाट (कर सहित) ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकका अनुसार हालको चुक्ता पुँजी रु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रहेको छ। प्रस्तावित नगद लाभांशअनुसार करसहित कुल १ अर्ब ७ लाख ५४ हजार ७००.१५ रुपैयाँ बराबरको वितरण हुने जनाएको छ।

यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ। हाल सानिमा बैंकले देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार