काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गर्ने व्यवस्था हाललाई स्थगित गरेको छ।
धितोपत्र बोर्डको निर्देशनपछि नेप्सेले यो व्यवस्था स्थगन गरेको हो। गत चैतदेखि लागू गरिएको यो नियम धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौँथो संशोधन), २०८१ मा समावेश थियो।
नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीका अनुसार, परिवर्तित व्यवस्थाको प्राविधिक परीक्षण आज हुनेछ र भोलि सार्वजनिक बिदा परेकाले मंगलबारदेखि नयाँ व्यवस्था लागू गरिनेछ।





