
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई भेट्न अस्पताल जाने भएकी छन्। शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की आज वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न जान लागेकी हुन्। अस्पताल भ्रमणलगत्तै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने कार्यक्रम छ। प्रदर्शनकारीहरूको आगजनीमा कोटेश्वरमा केही प्रहरीको पनि मृत्यु भएको थियो।
जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ भने हजारभन्दा बढी घाइते भएका छन्। प्रधानमन्त्रीको यो भ्रमणले आन्दोलनका पीडितहरूप्रति सरकारको संवेदनशीलता देखाउने अपे