पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा बालिकाको मृत्यु

२०८२ भाद्र १८, बुधबार ११:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले केहीबेर अघि पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो । माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको प्रहरी स्रोतले बतायो ।

घटनास्थलबाट ती बालिकालाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि पुतलीसडक क्षेत्रमा ट्राफिक जाम भएको थियो ।

यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार