भारतीय विदेश सचिव मिस्रीले गरे कांग्रेस सभापति देउवासँग भेटवार्ता

२०८२ भाद्र १, आईतवार १६:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। मिस्रीले आइतबार सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमै पुगेर शिष्टाचार भेट गरेका हुन्। भेटका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ।
विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका हुन्। यसअघि उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार