काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठलाई सरुवा गरेका छन् ।
गत साउन १० गते चनौली केन्द्रले विद्युत आपूर्ति कटौतीको तालिका सार्वजनिक गरेपछि लोडसेडिङ फर्किएको भन्दै प्राधिकरणको आलोचना भएको थियो । यही विषयलाई लिएर आफूलाई असहयोग गरेको भन्दै शाक्यले श्रेष्ठको सरुवा गरेको बताइएको छ ।
पछिल्लो समय शाक्य आफ्नो अभिव्यक्ति र कार्यशैलीका कारण विवादमा छन् । उनले हालै एक कार्यक्रममा सोलार र ब्याट्रीले माग धान्न सके जलविद्युतको पछि लागिरहनु नपर्ने अभिव्यक्ति दिएका थिए, जसको जलविद्युत उद्यमीहरूले आलोचना गरिरहेका छन् ।





