काठमाडौं । एनआईसी एशिया क्यापिटलले साउन २९ गतेदेखि ‘एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेन्ट स्किम’ नामक नयाँ म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गर्न लागेको हो, जसमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्रीमा आउनेछ ।
लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त फण्डमा छिटोमा भदौ २ गते र ढिलोमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन् । यसको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल नै रहेको छ ।





