इजरायली हमलामा परी २४ घण्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु

२०८० मंसिर १७, आईतवार १६:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । इजरायलले जारी राखेको आक्रमणमा परी पछिल्लो २४ घण्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु भएको छ ।

गाजाको सरकारी मिडिया कार्यालयका महानिर्देशकका अनुसार गाजामा विगत २४ घण्टामा ७०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । उनले गाजा पट्टीमा पनि १५ लाखभन्दा बढी मानिस विस्थापित भएको बताए ।

हमास इजरायलबीचमा युद्धविराम सम्झौताको समयसीमा सकिएदेखि इजरायलले गाजा क्षेत्रमा तीव्र हमला गरिररहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार