इजरायल–हमास युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिएः ११ घाइते, ३ वेपत्ता

२०८० मंसिर १६, शनिबार १०:४७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्यालेस्टाइनी समूह हमास र इजरायलबीच जारी युद्धमा अहिलेसम्म ६१ जना पत्रकार मारिएका छन् । गत अक्टोवर ७ बाट सुरु भएको गाजा युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले जनाएको छ ।

शुक्रबारसम्म मृत्यु हुनेमा ५४ प्यालेस्टाइनी, ४ इजरायली र ३ लेबनानी पत्रकार रहेको सीपीजेले जनाएको हो । प्रेस स्वतन्त्रता समूहका अनुसार युद्धमा परि ११ जना पत्रकार घाइते, ३ जना बेपत्ता र १९ जना पक्राउ परेका छन् ।

प्यालेस्टाइनले अन्य पत्रकार मारिएको, बेपत्ता वा धम्की दिएको अपुष्ट तथ्यांकमाथि अनुसन्धान गरिरहेको समेत कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार