इजरायलमा रहेका नेपालीहरुको मृत शव यथाशक्य नेपाल ल्याउन कांग्रेस नेता कोइरालाको आग्रह

२०८० आश्विन २२, सोमबार ११:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हमासले इजरायलमा गरेको आक्रमणमा मृत्यु भएका नेपालीहरूको शव यथाशक्य छिटो नेपाल ल्याउन पहल गर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घटनामा घाइतेहरूको यथाशीघ्र उद्धार गरी सुरक्षित स्थानमा उपचारको व्यवस्था मिलाउन पनि आग्रह गरेका हुन् ।

उनले लेखेका छन्,‘ईजरायलमा आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारहरुमा गहिरो समवेदना प्रकट गर्दछु । मृतकहरुको शव यथाशक्य नेपाल ल्याउने प्रवर्धन गर्न सरकारसँग आग्रह गर्दछु । साथै घटनाका घाईतेहरुको यथाशीघ्र त्यस क्षेत्रबाट उद्धार गरी सुरक्षित स्थानमा उपचारको व्यवस्था मिलाउन तथा त्यस क्षेत्रमा रहेका अन्य नेपालीहरुलाई चाँडो भन्दा चाँडो सुरक्षित स्थानमा पुर्याउन सरकारसँग आग्रह गर्दछु ।’

यस्तै इजरायलको युद्धग्रस्त क्षेत्रमा रहेको नेपालीहरूलाई सुरक्षित स्थानमा पु¥याउन इजरायलस्थित नेपाली दूतावास, इजरायल सरकारसँग समन्वय गर्न आग्रह गरेका छन् । उनले हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारमा गहिरो समवेदनासमेत समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार