नबिल बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरीद गर्न पाउने

२०७९ चैत्र १६, बिहीबार ०६:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नबिल बैंक लिमिटेडको १ लाख ५० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरीद गर्न सक्ने गरी विक्रीमा आएको छ । बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको थियो ।

विद्यमान संस्थापकबाट खरीद माग नभएपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बैंकले उल्लेखित शेयर विक्रीमा ल्याएको हो । बिहीवार सुचना जारी गर्दै बैंकले संस्थापक समूहमै रहने उक्त शेयर खरीदका लागि अन्य व्यक्ति तथा संस्थाहरूले आगामी सातदिनभित्र आवेदन पेश गर्न भनेको हो । इच्छुक खरीदकर्ताहरूले बैंकको शेयर रजिष्ट्रार कार्यालय नबिल इन्भेष्टमेण्ड बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

नबिल बैंक प्राइभेट सेक्टरको पहिलो वाणिज्य बैंकको रुपमा सञ्चालित छ । पछिल्ला वर्षहरूमा यस बैंकले वाणिज्य बैंकमध्येकै सर्वाधिक लाभांश वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार