गुराँस लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो १३.२७१२७७२ प्रतिशत लाभांश

२०७९ चैत्र १२, आईतवार ०६:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको १३.२७१२७७२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

गत चैत ९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई वोनस सेयर मात्र दिने प्रस्ताव गरेको हो । उक्त वोनस सेयरमा लाग्ने कर स्वंयम् सेयरधनीले नै तिर्नुपर्ने छ । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

हाल कम्पनीको चुक्तापुँजी दुई अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार