पाकिस्तानको क्वेटामा बम विस्फोट, १३ जनाको मृत्यु

२०८२ भाद्र १८, बुधबार १३:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । पाकिस्तानको क्वेटामा बम विस्फोटमा परी १३ जनाको मृत्यु भएको छ । बलोचिस्तान नेशनल पार्टी (बीएनपी) को र्‍यालीपछि भएको विस्फोटमा ३१ जना घाइते भएका छन् । विस्फोटमा घाइते भएका जमान बलोचले बीबीसीसँग बैठक सकिएपछि बैठक स्थल नजिकै साथीलाई कुरिरहेको अवस्थामा अचानक विष्फोट भएको बताएका छन् ।

बलोचिस्तान नेशनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलोचले विस्फोट नवाब नियाज जेहरीको सवारी साधन नजिकै भएको बताए । उनका अनुसार विस्फोटमा केही सुरक्षाकर्मी पनि मारिएका छन् । राज्य सरकारले घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार