पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका यात्रुले खोले, कारण के हो?

२०८० पुष ५, बिहीबार ११:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको जहाजको आकस्मिक ढोका यात्रुले खोलेका छन् ।

बिहीवार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेको बुद्ध एयरले जनाएको छ । के कति कारणले ढोका खोलिएको हो यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेको समेत बुद्ध एयरले जनाएको छ ।

यात्रुले ढोका खोलेपछि काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार