झन्डै चार महिनादेखि कोमामा रहेको कांग्रेस बल्ल उठ्दै छ-चतुरबहादुर चन्द

२०८२ पुष २७, आईतवार १६:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले विगत चार महिना कांग्रेस कमजोर अवस्थामा रहेको उल्लेख गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति चन्दले कोमामा रहेको पार्टीलाई पुनर्जीवित गर्न भूमिका खेलेका सबैलाई सम्मान गर्नुपर्ने बताएका हुन्।
उनले पार्टीभित्रका समस्या समाधान गर्ने नीति र समयअनुसार काम गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताए ।

सभापति चन्दले भने- ‘झन्डै चार महिना नेपाली कांग्रेस कोमामा थियो। कोमामा रहेको कांग्रेसीलाई वायु दिएर पुनर्जीवित गर्ने प्रयास गर्ने सबैलाई सम्मान गर्दछु। अब नेपाली कांग्रेस यो देशको अभिभावक पार्टी बन्दैछ ।कांग्रेसभित्रका सबै विकृतिको अन्त्य गरी, परिवर्तित समयअनुसार पार्टीलाई अगाडि बढाउँदै मुलुकको हितमा काम गर्न सक्ने नेतृत्व चयन गरौँ ।’

साथै उनले अन्य दुई ठुला दलहरूले समयसापेक्ष रूपमा मुलुकलाई अगाडि बढाउन नसकेको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार