काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि मनोनीत भएकी छन् ।
एमालेको शुक्रबार बसेको सचिवालय बैठकले १०८ जना महाधिवेशन प्रतिनिधि मनोनीत गरेको थियो, जसमा डंगोल ४९औँ नम्बरमा परेकी हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट उनी भारी मतका साथ उपमेयरमा निर्वाचित भएकी थिइन् ।
एमालेको ११औँ महाधिवेशन आज (मंसिर २७) देखि २९ गतेसम्म काठमाडौँमा चल्नेछ । यस महाधिवेशनले आगामी कार्यकालका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।





