काठमाडौं । नेपाली कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज बुधबार बसेको पार्टी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। मधेसमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नेतृत्वमा सरकार छ। मधेस सरकारमा कांग्रेसका ४ मन्त्री थिए। उनीहरूलाई पनि फिर्ता आउन पार्टीले निर्देशन जारी गरिसकेको छ।
त्यस्तै मधेसमा जनमत पार्टीभित्रकै विवादका कारण मुख्यमन्त्री सिंह थप समस्यामा परेका हुन्। अहिले उनकै पार्टी जनमतका सांसदहरू पनि प्रतिपक्षी बेन्चमा बस्न थालेका छन्। जनमतकै सांसद प्रतिपक्ष बेन्चमा बस्न थालेको अवस्थामा कांग्रेस सरकारमा रहनु उचित नहुने निष्कर्ष निकालिएको कांग्रेस मधेस सभापति कृष्ण यादवले जानकारी दिए।
यहाँ कांग्रेसले आफ्नै नेतृत्वान नयाँ सरकार बनाउने तयारीमा जुटेको छ।
उनले काठमाडौं उपत्यका चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङकी–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी करिडोरमा धेरै जलविद्युत् आयोजनाहरु निर्माणाधीन रहेको र नेपालको विद्युत् बजारलाई थप प्रतिस्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन आग्रह गरेका छन् ।
यस्तै चिनियाँ कम्पनीले ठेक्का लिएका कमला–कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको, नारायणघाट–बुटवल र मुग्लिन–पोखरा सडक विस्तारको कामलाई गतिदिन आवश्यक सहयोग र सहजीकरणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्ने चीन सँधै तयार रहेको उल्लेख गरे । भेटमा मन्त्रालयका सचिव केशव कुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैशी, परराष्ट्र मन्त्रालय उत्तरपूर्व एशिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतका सहभागिता थियो ।





