शिक्षा विधेयकमा असहमति: शिक्षक महासंघ फेरि आन्दोलनमा

२०८२ भाद्र ९, सोमबार १२:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षा विधेयक, २०८० मा असहमति जनाउँदै पुनः आन्दोलनको घोषणा गरेको छ। विगतका सहमतिहरू विधेयकमा समावेश नगरिएको भन्दै महासंघले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयकले शिक्षकको सेवासुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको आरोप लगाएका छन्। महासंघले अस्थायी शिक्षकको पदपूर्तिमा ७५५ आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने, विद्यालय कर्मचारी र बालकक्षा शिक्षकको सेवासुविधा सुनिश्चित गरिनुपर्ने, र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने प्रावधान हटाउनुपर्ने जस्ता मुख्य मागहरू अघि सारेको छ।
आन्दोलनको पहिलो चरणअन्तर्गत महासंघले भदौ ११ देखि २० गतेसम्म विभिन्न स्तरमा धर्ना दिने कार्यक्रम तय गरेको छ। माग पूरा नभए दोस्रो चरणमा अझ कडा आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार