काठमाडौँ । अजय क्षेत्रीको स्वरमा नयाँ सेलो ‘बुहारी आप्पाआम्मालाई ’गीतको भिडियो सार्वजनिकभएको छ । दार्जिलिङ्गमा जन्मिएर पनि नेपाली गीत संगीतमा सक्रिय गायक अजयले तामाङ्ग सेलो गीतमा स्वर भरेका छन् ।
सुसन लामाको शब्द तथा संगीत र फडिन्द्र राईको एरेन्जगीतमा रहेको छ । गीतमा बसन्त दर्जीको डान्स कोरियोग्राफी समेत रहेको छ । ‘बुहारी आप्पाआम्मालाई’ गीतको भिडियोमा बुद्धि तामाङ्ग र सिकिम्मकी चेली स्यामाश्री शेर्पाको आकर्षक नृत्य रहेको छ ।
गीतको भिडियोलाई डम्फु मिडियाको अफिसियलच्यानलमार्फत हेर्न सकिन्छ ।





