हास्य कलाकार हरिवंशकै शब्द संगीतमा ‘हिँड माया हिँड’, गीतमा चेलीबेटी बेचबिखनको कथा

२०८० मंसिर २९, शुक्रबार १७:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यले चेलीबेटी बेचबिखनसम्बन्धी गीत ‘हिँड माया हिँड’ ल्याएका छन् । माइती नेपालको प्रस्तुति रहेको गीतमा हरिवंशकै शब्द, संगीत छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् ।

साहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरू प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओली लगायत कलाकारको अभिनय छ । गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियोमा कसरी गाउँ–गाउँबाट युवतीहरूलाई ललाई फकाई गरेर विदेश पु¥याइन्छ भन्ने कथा देख्न सकिन्छ ।

पवन सुस्लिङले खिचेको यो गीतको भिडियो सम्पादन प्रवीण भट्टले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार