फिल्म ‘फाइटर’ को गीतमा यस्तो देखिए दिपिका र ऋतिक(भिडिओ)

२०८० मंसिर २९, शुक्रबार १७:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । बलिउड फिल्म ‘फाइटर’ को गीत सार्वजनिक भएको छ। शुक्रबार टि–सिरिज युट्युब च्यानलमार्फत ‘शेर खुल गए’ बोलको गीत सार्वजनिक गरिएको हो।

गीतको भिडिओमा अभिनेता ऋतिक रोशन र अभिनेत्री दिपिका पादुकोणलाई देख्न सकिन्छ। साथै गीतमा अभिनेता अनिल कपूरलाई पनि देख्न सकिन्छ। गीतमा दिपिका र ऋतिकले नृत्य गरेका छन्। गीतमा विशाल, शेखर, बेनी दयाल र शिल्पा रावको स्वर छ भने विशाल र शेखरकै संगीत छ। फिल्ममा ऋतिक, दिपिका र अनिलको मुख्य भूमिका छ। उनीहरू स्क्वाड्रन लिडरको भूमिकामा देखिँदैछन्।

यो फिल्म देशभक्ति भावनामा आधारित छ। फिल्म भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा २५ जनवरीमा रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार