काठमाडौँ । सागर आले र अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। सोमबार नरेश एमसीको युट्युब च्यानलमार्फत ‘लाहुरे म त सोल्टिनी’ बोलको दशैं गीत सार्वजनिक गरिएको हो।
गीतमा नेपाली सुरक्षाकर्मीको दशैंलाई प्रस्तुत गरिएको छ। नरेश एमसीको शब्द रहेको गीतमा ऋषि खड्काले संगीत भरेका छन् भने केशव बाबुले संगीत संयोजन गरेका छन्। भिडिओमा नरेश एमसी, अञ्जली अधिकारी, वर्षा ठकुरी र विष्णुराम भण्डारी फिचर्ड छन्।
अजय रेग्मीले छायांकन गरेको म्युजिक भिडिओलाई नविन घर्तीमगरले सम्पादन गरेका हुन्।





