काठमाडौंँ । अभिनेता सरोज खनाल निर्देशनमा डेब्यु फिल्म ‘बगान’ को टिजर सार्वजनिक भएको छ । अभिनेत्री करिश्मा मानन्धरलाई विशेष प्राथमिकता दिइएको टिजरमा उनी एकल आमाको रुपमा देखिएकी छन् ।
एकल महिलाको इच्छा, चाहना र परिवारले गर्ने व्यवहारलाई टिजर मार्फत् प्रस्तुत गरिएको छ । फिल्ममा करिश्मासँगै सरोज खनाल, प्रमिला कार्की (नव अभिनेत्री), बसुन्धरा भुषाल, आकाश श्रेष्ठ, सरोज खनाल र मिथिला शर्मा पनि देखिन्छन् । फिल्म यही असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन छ ।





