काठमाडौँ । गायक सुनिल कटुवालले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै युट्युब च्यानलमार्फत ‘झुम्कावाली’ बोलको गीत सार्वजनिक गरेका हुन्।
गीतको भिडिओमा भिमफेदी गाईज समूहको नृत्य देख्न सकिन्छ। भिमफेदी गाईज समूहसँगै अनिशा पोख्रेल, श्रेया ज्ञवाली, दिपिका तामाङ र आभा थापा पनि फिचर्ड छन्। किरण के उप्रेतीको शब्द रहेको गीतमा पुष्कर सुनुवारको संगीत र संगीत संयोजन रहेको छ।
निर्मल कुमार लामाले निर्देशन गरेको म्युजिक भिडिओलाई पवन सुस्लिङले छायांकन र सम्पादन गरेका हुन्। उनले गतमहिना मात्रै ‘जब नजिक’ बोलको गीत सार्वजनिक गरेका थिए।
(हेर्नुहोस् भिडिओ)





