कलाकार बन्ने सपना बोकेर सहर छिरेकी युवतीको कथा बोकेको सकम्बरी ट्रेण्डिङमा (भिडियोसहित)

२०८० बैशाख १, शुक्रबार १०:१२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । गायक प्रकाश सपुत र गायिका वर्त गन्दर्र्भको आवाजमा नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक भएको छ । गीत डिशहोम गो एपमार्फत बिहीवार दिउँसो रिलिज गरेका हुन् ।

‘फुलमाया’ बोलको गीतमा सपुतको आफ्नै स्वर, शब्द र संगीत रहेको छ भने संगीत संयोजन सुदिप सागरको रहेको छ । गीतको भिडियोमा प्रकाश सपुत, कुसुम शर्मा, सुनिल थापा, निक्स शर्मा, सरिता राजोपाध्याय, संजोग रसाईली, सरस्वती अधिकारी, सालिक भण्डारी लगायतको अभिनय रहेको छ । राम्रो कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवतीको कथालाई भिडियो दर्शाउन खोजेका छन् ।

कामको शिलशिलामा आएकी युवतीलाई मौका पारेर कसरी शोषण गर्छन् भन्ने भाव भिडियोमा स्पष्ट देखिन्छ । उक्त गीतमा मानिसलाई बाध्यता, परिस्थिती र अभावले कहाँसम्म पुर्याउँछ र केसम्म गर्न बाध्य बनाउँछ भन्ने सन्दर्भलाई प्रस्तुत गर्न खोजेको छ । बुबाले दोस्रो बिहे गरेपछि घरको जिम्मेवार वहन गर्दै आमा बहिनीको लालनपालनका लागि एक युवतीले गरेको संघर्षलाई भिडियोमा देखाइएको छ ।

भिडिओ युट्युबमा सार्वजनिक गर्दै प्रकाशले लेखेका छन्, ‘फूलमायादेखि सकम्बरीसम्मको यात्राको समीक्षा गर्ने जिम्मा तपाईंको। उनि कति सही र कति गलत छिन्रु तपाईं हाम्रो दृष्टिकोण कति सही छ र कति गलत छरु त्यो विश्लेषण गर्ने जिम्मा पनि तपाईंको।’ नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक सपुतको यो गीत सार्वजनिक गरेको २४ घण्टा नहुदैँ लाखौँ दर्शकले रुचाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार