बुधबार कति पुग्यो सुन चाँदीको मूल्य ?

२०८२ पुष ३०, बुधबार १२:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३ सय १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी एक तोला ५ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ कायम थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार