सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

२०८२ पुष ३, बिहीबार १३:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार भने ४ हजार ५५ रुपैयाँमा कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार