लक्ष्मी सनराइज बैंकद्वारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव

२०८२ मंसिर १, सोमबार १३:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ।

बैंकले आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण गरिने कम्पनी सचिव पियुष राज अर्यालले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार