सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

२०८२ कार्तिक २८, शुक्रबार ११:५४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन ५ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो । बिहीबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार