बिहीबार सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

२०८२ कार्तिक २७, बिहीबार १२:१८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन ५ हजार ९ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १७० रुपैयाँले बढेको हो । बुधबार ३ हजार १ सय ७५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार