आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

२०८२ कार्तिक २५, मंगलवार १२:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन २ हजार १ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो । मंगलबार ३ हजार १ सय ७० रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार १ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार