आज सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

२०८२ आश्विन २८, मंगलवार १३:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८,५०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको छ। मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४८,५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यो मूल्य २ लाख ४०,४०० रुपैयाँ रहेको थियो, जुन आज तोडिएर नयाँ रेकर्ड कायम भएको हो।

यसैगरी, चाँदीको मूल्यमा पनि ऐतिहासिक वृद्धि देखिएको छ। आज चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले बढेर ३,३२५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ३,२२० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय चाँदीको मूल्य निरन्तर बढ्दै नयाँ रेकर्ड कायम गर्ने क्रममा रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार