दुई लाख नजिक पुग्यो सुनको मूल्य, आज कारोबार कतिमा?

२०८२ भाद्र १२, बिहीबार ११:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा छापावाल सुन तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको हो ।
अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ कायम थियो । यस आधारमा बिहीबार छापावाल सुनको मूल्य ४०० रुपैयाँ बढेको हो ।

यसैबिच चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार ३४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार