काठमाडौँ । नेपाल एसबीआई बैंकको नाफा सामान्य घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ८० करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब ९९ करोड रुपैयाँ थियो । बैंकको नोक्सानी व्यवस्थापन रकम (इम्पेरिमेन्ट चार्ज) बढ्दा नाफामा संकुचन आएको हो । अघिल्लो आर्थिक वर्ष इम्पेरिमेन्ट चार्ज ६४ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष बढेर १ अर्ब २ करोड रुपैयाँ छ ।
खुद ब्याज आम्दानी सामान्य बढेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्ष ५ अर्ब ७ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ५ अर्ब २६ करोड रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा बढेको छ । असार मसान्तसम्म वितरणयोग्य नाफा १ अर्ब २३ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ११ रुपैयाँ २९ पैसा हो । प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा छ भने बजारमा बुधबारको अन्तिम सेयर मूल्य प्रतिकित्ता ४०६.२२ रुपैयाँ छ ।





