हिमालयन बैंकको नाफामा २२% को वृद्धि, तर भित्री कथा अर्कै: खराब कर्जा बढ्यो, लाभांश क्षमता शून्य

२०८२ श्रावण २७, मंगलवार १२:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । हिमालयन बैंकको नाफा २२.७६ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो।  अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब २३ करोड रूपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा बैंकले एक अर्ब ५१ करोड रूपैयाँ नाफा गरेको हो।

बैंकको खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी घटे पनि अघिल्लो पटकभन्दा कम प्रावधान राखेपछि नाफा बढ्न सहयोग पुगेको हो। अघिल्लो पटक पाँच अर्ब २६ करोड प्रावधान राखेको बैंकले यस पटक एक अर्ब ५३ करोड प्रावधान राखेको छ।

बैंकको खुद ब्याज आम्दानी ९.९१ प्रतिशतले घटेर १० अर्ब ४५ करोड रुपैयाँमा सिमित भएको छ। बैंकको वितरण योग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक छ। बैंकले लाभांश दिन सक्ने देखिदैन।

बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशतमा पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९८ पैसा छ। यस अघि यस्तो आम्दानी पाँच रूपैयाँ ७२ पैसा थियो। बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ०७ पैसा छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार