एभरेष्ट बैंकको लाभांश पारित गर्न साधारणसभा आहृवान

२०८० आश्विन ८, सोमबार १४:२८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । एभरेष्ट बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । बैंकले ३० असोजमा काठमाडौंको लैनचौर व्यांक्वेटमा २९औं वार्षिक साधारणसभा आहृवान गरेको हो । बैंकको साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोन सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी १०।५३ प्रतिशत नगद लाभांश पेस गरी पारित हुनेछ ।

यस्तै सञ्चालक समितिको अध्यक्षको प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात र आर्थिक वर्ष २०७९र८० को नाफा नोक्सान हिसाबसहित सोही अवधिको नगद प्रवाहको विवरण पनि बैंकको साधारणसभाले पारित गर्नेछ ।

यस्तै बैंकको बोनस सेयर जारी पश्चात् पुँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने तथा संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक नियुक्त भएकाहरुको नियुक्ति अनुमोदन गर्ने जस्ता प्रस्ताव बैंकले साधारणसभामा लैजाने भएको छ ।

बैंकले साधारणसभाको लागि १६ असोजमा सेयरधनी दर्ता किताब बन्द ९बुक क्लोज० गर्ने भएको छ । जस अनुसार १५ असोजसम्म कायम सेयरधनीले मात्रै बैंकको लाभांश पाउनेछन् । साथै सोही मितिसम्म कायम सेयरधनी साधारणसभामा सहभागी हुन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार