धितोपत्र बोर्डबाट सिटी होटलले पायो आइपीओ जारी गर्न अनुमति

२०७९ चैत्र ७, मंगलवार ०८:५४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । धितोपत्र बोर्डबाट सिटी होटलले आइपीओ जारी गर्न अनुमति पाएको छ ।

होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १६ लाख ७४ हजार कित्ता आइपीओ जारी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार