बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार?

२०७९ चैत्र ७, मंगलवार ०५:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५०० रुपैयाँ बढेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन सोमबार तोलामा एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । उक्त सुन तोलामा एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार