प्रि-ओपन सेसनः नेप्सेमा सामान्य अंकको गिरावट

२०७९ चैत्र ५, आईतवार ०५:४६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार नेप्सेमा झिनो अंकले ओरालो लागेको छ ।

नेप्से सूचकमा ०.०८ अंकले ओरालो लागेर १९३३.२३ विन्दुमा आएको छ । यो सेसनमा ९ कम्पनीको कुल ४०२ कित्ता सेयर कारोबार हुँदा २ लाख ३ हजार ७८९ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ वटा कम्पनीको भाउ बढेको छ भने ५ वटैको मूल्य घटेको छ ।

यता १३ उपसुचकहरु मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ४ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार