बीपीडब्लू लघुवित्तको आईपीओ बाँडफाँट

२०७९ चैत्र ३, शुक्रबार ०६:५० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटस लिमिटेडको कार्यालयमा आज (शुक्रबार) आईपीओ बाँडफाँट भएको हो ।

यो कम्पनीको आईपीओ दुई लाख आठ हजार ८५ जनाले ८० हजार ९५० कित्ता प्राप्त गरेका हुन् । आईपीओको रिजल्ट सीडीएस एन्ड क्लियरिङको आईपीओ रिजल्ट वेबसाइट र मेगा क्यापिटल मार्केटस् लिमिटेडबाट हेर्न सकिनेछ । कम्पनीले फागुन १८ गतेदेखि २३ गतेसम्म ९७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । यो कम्पनीको आईपीओमा १४ लाख ५९ हजार ७८४ जनाले एक करोड ५७ लाख ३५ हजार ८१० कित्ताका लागि आवेदन दिएका थिए ।

यो आईपीओमा एक हजार ५०६ आवेदकले प्रक्रिया नपु¥याउँदा आवेदन अस्वीकृत भएको बिक्री प्रवन्धकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार