काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख पाँच हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । बुधबार तेजाबी सुन तोलाको एक लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी तोलाको एक हजार ३०० रुपैयााँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





