काठमाडौं । रेडबुल नेपालले ‘फ्यानको क्यान’ अभियानअन्तर्गत क्रिकेट प्रशंसकहरूलाई लक्षित गर्दै ‘यात्रा वर्ल्ड कपको’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । रेडबुल नेपालका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवाल र राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेलले संयुक्त रूपमा यो योजनाको घोषणा गरेका हुन् ।
यस योजनामा सहभागी हुन उपभोक्ताले नयाँ रेडबुल क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । त्यसपछि खुल्ने वेबसाइटमा केही सामान्य प्रश्नहरूको उत्तर दिएर आफ्नो नाम दर्ता गराउन सकिनेछ । सहभागीहरूमध्येबाट ‘लक्की ड्र’ मार्फत विजेता छनोट गरिने कम्पनीले जनाएको छ ।
कार्यक्रममा यसअघिको ‘हरेक फेस्टिबलको इनर्जी’ अभियानका दुई भाग्यशाली विजेता विनोद न्यौपाने र आर्यन सापकोटाको नाम पनि घोषणा गरिएको थियो, जसले थाइल्यान्ड भ्रमणको अवसर पाएका छन् ।
नयाँ ‘यात्रा वर्ल्ड कपको’ योजनाले खेलप्रतिको उत्साह र फ्यानहरूको जोसलाई अन्तर्राष्ट्रिय स्तरको अनुभवसँग जोड्ने विश्वास रेडबुलले लिएको छ ।





