नेप्से १० अंकले घट्दा पनि ५ कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढ्यो

२०८२ पुष १४, सोमबार १६:१८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से १०.५३ अंकले घटे पनि पाँचवटा कम्पनीका लगानीकर्ताले भने ५ प्रतिशतभन्दा बढीले कमाएका छन् । बजार घटेको दिनमा पनि एसवाई प्यानल नेपाल, ग्लोबल आइएमई समुन्नत योजना–२, कर्पोरेट डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य उल्लेख्य रूपमा बढेको हो ।
आज एसवाई प्यानल नेपालको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आइएमई समुन्नत योजना–२ को मूल्य ९.९४ प्रतिशतले बढेको छ । त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ६.७६%, ६.५४% र ५.८५% ले बढेको छ ।

यता, विन नेपाल लघुवित्तका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल सबैभन्दा अगाडि रह्यो । यस कम्पनीको २३ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार