सुनको मूल्य घट्दा चाँदी बढ्यो

२०८२ मंसिर १६, मंगलवार १२:५४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

सोमबार २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । सोमबार ३५ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ३५ सय ४५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार