नेपाल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

२०८२ मंसिर २, मंगलवार १४:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आज देखि २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले बोध प्रसाद त्रिपाठीको नाममा रहेको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर खरिद गर्न इच्छुक साविकका संस्थापक शेयरधनीले यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।

इच्छुकले नेपाल क्यापिटलको कार्यालय नेपाल लाईफ भवन कमलपोखरीमा निवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार