सांग्रिला डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश घोषणा

२०८२ कार्तिक ३०, आईतवार १२:३६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक २८ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले सेरधनीहरूलाई लाभांश घोषणा गरेको छ।

बैठकले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार