काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.४४ अंक बढेर बन्द भएको छ ।
गत बिहीबार १.१३ अंक बढेर २५४५.७३ विन्दुमा बन्द भएको नेप्से, आज प्रि ओपन सेसनमै ४.४४ अंक बढेर २५५०.१७ विन्दुमा पुगेको हो । यो समाचार तयार पार्दा सम्म कुल ४७ स्टकको १०५ पटकको कारोबारमा ७० लाख १० हजार ६४० रुपैयाँबराबरको १२ हजार ७५६ कित्ता शेयर खरिदबिक्री भएको छ ।
२४ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ । बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।





