काठमाडौंको फोहोर फाल्न बञ्चरेडाँडामा रोक्का

२०८२ कार्तिक १३, बिहीबार १४:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । बुधबारबाट बञ्चरेडाँडाबासीले फोहोर फल्न रोकेका छन् । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन हुँदै आएको सिसडोल बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल साईडमा स्थानीयले बुधबारबाट फोहोर फाल्न रोक्का गरेका हुन् ।

३ वर्ष अगाडी काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयन नभएपछि बाध्य भएर फोहोर फाल्न बन्द गर्नुपरेको स्थानीयको भनाई छ ।

२०७९ साल जेठ २६ गते काठमाडौं महानगरपालिका र बञ्चरेडाँडाबासीबिच १८ बुदे सहमति भएको थियो । फोहोर बोक्ने गाडी रातीको समयमा मात्र चल्नुपर्ने, बत्ति तथा सडक स्तरोन्नतीको काम तिन महिनाभित्र पुरा गर्नुपर्ने, वैज्ञानीक माध्यमबाट लिच्चड व्यवस्थापन गर्नुपर्ने, प्रभावित क्षेत्रको पहिचान गरी अधिग्रहण, मुआब्जा वितरणमा काठमाडौं महानगरले केन्द्र सरकारसँग पहन गर्ने लगाएतको विभिन्न विषयमा सहमति भएको थियो ।

सहमतीपत्र अनुसार तिन देखी छ महिनाभित्र सबै माग सम्बोधन गर्ने भनिएतापनि तीन वर्ष पुग्दा समेत काठमाडौं महानगरले बेवास्ता गरेपछि बाध्य भएर फोहोर बोक्ने गाडी रोक्ने निर्णयमा पुगेको सञ्जेलले बताए । महानगरसँगको सहमतीपत्रबारे शहरी विकासमन्त्री कुलमान घिसिङलाई पनि जानकारी गराएको भन्दै सञ्जेलले माग सम्बोधन नभएसम्म बञ्चरेडाँडामा फोहोर फाल्न नदिने बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय